हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

हेटौंडा । हेटौंडा–१० राप्तीरोडमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्री घाइते भएका छन्।

सोमबार राति करिब ८ बजे पूर्व–पश्चिम सडकखण्डअन्तर्गत बुद्धचोकबाट थानाभर्‍याङतर्फ जाँदै गरेको बा.प्र. ०३–००५ प ७८८९ नम्बरको मोटरसाइकलले हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषलाई ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको अनुहार र कम्मरमा चोट लागेको छ।

उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकल चालक हेटौंडा–३ बसामाडीका अन्दाजी २८ वर्षीय प्रवेश पुडासैनीको दाहिने हातमा सामान्य चोट लागेको छ।

उनी पनि घाइते पैदलयात्रीको उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक हवल्दार अनिल विकको कमान्डमा टोली घटनास्थल पुगेको थियो।

प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ। दुर्घटना भएको स्थान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट करिब ५०० मिटर पूर्वमा पर्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.