मकवानपुरमा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

मकवानपुर । बागमती गाउँपालिका–९ बेतिनी अगौटेबाट प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा अगौटे निवासी टेकबहादुर सिङ्तानको घरबाट पेस्तोल र त्यसको म्यागजिन बरामद गरिएको हो ।

प्रहरीका अनुसार बेतिनी अगौटेस्थित एक घरमा पेस्तोल लुकाएर राखिएको सूचना प्राप्त भएपछि सोमबार चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा लुकाएर राखिएको अवस्थामा पेस्तोल फेला परेको हो ।

बालुवा–सिमेन्टले बनेको र जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा राखिएको जेब्रा झोलाभित्र पेस्तोल लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । झोलाभित्र रातो टी–सर्टले बेरेर त्यसलाई रातो प्लास्टिकमा समेत बेरिएको अवस्थामा ‘No. 017110’ लेखिएको एक थान पेस्तोल बरामद गरिएको हो ।

सोही स्थानबाट उक्त पेस्तोलमा प्रयोग हुने एक थान म्यागजिनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पेस्तोल र म्यागजिन घरको माथिल्लो तलामा रहेको चोटामा लुकाएर राखिएको अवस्थामा फेला परेको हो ।

घटनापछि प्रहरीले सिङ्तानलाई पक्राउ गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.