बागमती प्रदेशः साढे ५ बजेलाई बोलायो मन्त्रिपरिषद् बैठक, बजेटमा सत्ता साझेदारबीच तनाव

हेटौँडा । बागमती प्रदेश सरकारले आजको मन्त्रिपरिषद् बैठक साढे ५ बजेका लागि बोलाएको छ । यसअघि साढे २ बजेको लागि तय गरिएको बैठक सारिएको भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले जानकारी दिए ।

प्रदेश सरकारमा सत्ता साझेदार दलहरूबीच बजेटको विषयमा मतभेद चुलिँदा बैठक सारिएको हो । नेकपा एमाले र नेपाली कांग्रेसबीच ६८ अर्बभन्दा बढीको बजेट नल्याउने सहमति भए पनि मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले करिब ७२ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेपछि विवाद उत्पन्न भएको बुझिइएको छ ।

एक सांसदका अनुसार, सत्ता गठबन्धनमै सहमति नहुँदा मन्त्रिपरिषद् बैठक तोकिएको समयमा सुरु हुन नसकेको हो । मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि प्रदेश सभा बैठक पनि सारिएको हो । प्रदेश सभा साढे ६ बजेका लागि सारिएको हो ।

अब मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि मात्रै त्यसलाई प्रदेशसभामा प्रस्तुत गरिनेछ । तर, साझेदार दलहरूबीच सहमति नजुटे मन्त्रिपरिषद्ले नै बजेट पारित गर्न सक्ने वा नसक्ने भन्ने अन्योल कायमै रहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.