तराई मधेश–काठमाडौं द्रुतमार्ग २०८३ चैतभित्रै सक्ने सेनाको दाबी

हेटौँडा तराई मधेश–काठमाडौं द्रुतमार्ग (फास्ट ट्याक) को काम २०८३ चैतभित्रै सक्ने लक्ष्यका साथ काम भइरहेको नेपाली सेनाले दाबी गरेको छ । सेना दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर सेनाले द्रुतमार्ग निर्माणको कामलाई विशेष प्राथमिकतामा राखेर तदारुकताका साथ भइरहेको बताएको हो ।

सेनाको युद्धकार्य विभागका निर्देशक सहायक रथी रवीन्द्र खत्रीका अनुसार हालसम्म द्रुतमार्गमा भौतिक प्रगति ३८ दशमलब २६ प्रतिशत भएको छ । सेनाले २०७४ वैशाख २१ मा फास्ट ट्याक निर्माण व्यवस्थापनको जिम्मा पाएको थियो ।

त्यसबेला २०८१ साउन ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सेनालाई जिम्मा दिइएपनि अहिले यो अवधि बढाएर २०८३ को चैत मसान्तसम्म सारिएको छ । तर, अहिलेको वित्तिय प्रगति अनुसार, सेनाको लक्ष्य पूरा हुन चुनौति देखिन्छ । फास्ट ट्याक आयोजनाका प्रमुख उपरथी कमलविक्रम शाहले भने आयोजनाको सुरुवातमा जटिल कामहरु भइरहेकाले प्रतिशतमा बढी नदेखिएको बताए । उनले यो आयोजनालाई चाँडै प्रगति हाँसिल गर्न सेनाले दिनरात लगाएर प्रयास गरिरहेको जिकिर गरे ।

प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७० दशमलब ९७७ किलोमिटर रहेको छ । काठमाडौं निजगढ द्रुतमार्ग मुलुकको उच्च प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना हो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.