कृषिमन्त्री श्रेष्ठ बागमतीको कार्यवाहक मुख्यमन्त्री

हेटौँडा । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेशका कृषि तथा पशुपन्छी बिकास मन्त्री प्रकाश श्रेष्ठले पाएको छ ।
प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार उनलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेको हो ।

मुख्यमन्त्री लामा युनाइटेड अरब इमिरेट्सको दुबई जाने भएपछि कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयले जनाएको छ ।

कृषि मन्त्री श्रेष्ठले माघ ३० गतेदेखि मुख्यमन्त्री लामा नफर्किउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारी पाएको हो । मुख्यमन्त्री लामा दुबईमा आयोजना हुने वल्र्ड गभर्मेन्ट समिट २०२५ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.