मकवानपुर जिल्ला सहकारी संघको २१ औं बार्षिक साधारणसभा सम्पन्न

हेटौँडा मकवानपुर जिल्ला सहकारी संघ लिमिटेड को २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
कार्यक्रममा अध्यक्ष देवकोटाद्धारा अध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण संयोजक खेमराज सापकोटाद्धारा लेखा प्रतिवेदन, कोषाध्यक्ष विमल कुमार ढकालले संघको आयव्यय विवरण प्रस्तूत गरेका थिए । मकवानपुर जिल्ला सहकारी संघमा कृषि, बहुउद्देश्यीय, दुग्ध उत्पादक, बचत तथा ऋण गरि २ सय १ संघ÷संस्था सदस्य रहेका छन् ।

संघको शेयर पूँजी १८ लाख ५१ हजार रहेको छ । कार्यक्रममा एकीकरण भएका १३ वटा सहकारीलाई सम्मान समेत गरिएको थियो । र्यक्रममा सहकारी महासंघका सञ्चलक बद्री लम्साल, सहकारी तथा गरीबी निवारण मन्त्रालय सहकारी महाशाखा बागमती प्रदेश रजिष्टार कुमार तामाङ, केन्द्रिय दुग्ध सहकारी संघका सञ्चलक विदुर हुँमागाई, प्रदेश सहकारी संघका सञ्चालक रामहरी न्यौपाने , जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुर अध्यक्ष हरी प्रसाद कडेँल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी लगायतको आतिथ्यता थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.