हेटौंडामा कुकुरसहितको चेकिङ, खैरोहिरोइनसहित २ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै लगेको छ । सोही क्रममा जिल्ला भित्रने नाकामा कुकुरसहितको चेकिङ गरेको छ ।

सोमबार साँझ हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा गरिएको सवारी चेजिङ क्रममा लागूऔषध खैरोहिरोइन सहित दुइजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको योजना अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट कुकुरसहित खटिएको टोली, प्रहरी चौकी रातोमाटे तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरको संयुक्त टोलीले चेकिङ गरेको हो ।

प्रहरीका अनुसार वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०५९३ नम्बरको यात्रुवाहक ईभी गाडीमा आएका मकवानपुरको मनहरी गाउँपालिका ७ रमनटार निवासी २३ वर्षीय सुमन गोङ्बाको पाइन्टको खल्तीबाट प्लास्टिकसहित २ ग्राम ५० मिलिग्राम खैरोहिरोइनबरामद भएको छ ।

त्यसैगरी वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ०३२२ नम्बरको ईभी गाडीमा आएका पर्साको वीरगञ्ज महानगरपालिका २० अकौनी निवासी २१ वर्षीय कैलाश राय पक्राउ परेका छन् । उनले लगाएको जिन्स पाइन्टको खल्तीबाट प्लास्टिकसहित ३०० मिलिग्राम खैरोहिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका दुवैजनालाई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय मकवानपुरमा लागूऔषध सेवन, ओसारपसार र विक्रीवितरणको घटनामा वृद्धि भएको छ ।

मकवानपुर भित्रिने नाकामा कुकुरसहितको चेकिङ अभियानलाई जारी राखिने मकवानपुर प्रहरीले जनाएको छ । ‘मकवानपुरमा अझ मेडिकलजन्य लागूऔषधको कारोबार र सेवन बढेको छ’, डिएसपी काफ्लेले भने, ‘सबैको साझा प्रयासबाट मात्र लागूऔषधको न्यूनीकरण सम्भव छ ।’

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.