लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक नियन्त्रणमा

हेटौँडा । मकवानपुर प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’ अन्तर्गत लागूऔषध सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले मनहरी गाउँपालिका अन्तर्गत सडक खण्डमा आकस्मिक चेकजाँच गरेको थियो। सो क्रममा ६५ वटा सवारी साधन जाँच गर्दा १२ जना चालकले लागूऔषध सेवन ९लापसे० गरी सवारी चलाएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, लागूऔषध सेवन गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले यस्ता गतिविधिविरुद्ध विशेष चेकजाँच सञ्चालन गरिएको हो।

सडक सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता चेकजाँच अभियानलाई व्यापक रूपमा निरन्तरता दिइने प्रहरीको भनाइ छ। साथै, सवारी चालकहरूलाई लागूऔषध सेवन नगरी जिम्मेवार र सचेत ढंगले सवारी चलाउन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.