करेन्टले लियो मकवानपुरका गोलेको ज्यान

file-photo

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका –२ स्थित मोरे बस्ने ३५ बर्षीय राजकुमार गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।

उनका अनुसार, बिहीबार साँझ मकवानपुरगढी गाउँपालिका –२ स्थित मोरे गाउँमा विद्युत बिस्तारका लागि फलामे पोल गाड्ने क्रममा हाइटेन्सनको तारमा ठोक्किएर करेन्ट लाग्दा तीन जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते भएका गोलेको हेटौँडा ११ स्थित सिएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, सो घटनामा परेर मकवानपुरगढी –७ सानडाँडा बस्ने ५० बर्षीय मानबहादुर गोले र मकवानपुरगढी गाउँपालिका –२ मोरे बस्ने राजकुमार स्याङ्तान घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरी नायव उपरीक्षक बोगटीले बताए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.