पोखरामा नेपाल जेसीजको काउन्सिलर एकेडेमी सम्पन्न

हेटौंडा । नेपाल जेसीजको आयोजनामा वर्ष सन् २०२६ को काउन्सिलर एकेडेमी ९शाखा अध्यक्षको भेला० पोखरामा सम्पन्न भएको छ । पोखरा जेसीजको आतिथ्यतामा भएको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको अध्यक्षता रहेको थियो ।

एकेडेमीमा देशभरका १६७ शाखाबाट अध्यक्षहरु तथा सन् २०२६ का राष्ट्रिय पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी युवाहरूलाई अध्यक्ष कार्कीले ‘प्रोजेक्ट संकल्प २०२६’ र आफ्नो नेतृत्व अवधारणालाई व्यवहारमा रूपान्तरण गर्दै व्यक्तिगत तथा सामाजिक जीवनमा सफलता हासिल गर्न प्रेरित गरेका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमको उद्घाटन गरेका हुन् । उनले युवाहरूलाई सही नेतृत्व गर्दै समाज रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराम लमिछाने, मोती तिमिल्सिना लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।प्रशिक्षकमा राजबाबु शाह, विकलप्रसाद शेरचन , तीर्थ पौडेल, किरण केसी तथा महेश्वर गिरी रहेका थिए । एकेडेमी अन्तर्गत नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि तथा सञ्जाल विस्तारसँग सम्बन्धित विविध सत्रहरू सञ्चालन गरिएका थिए । सहभागीहरूलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गर्नुका साथै ‘प्रोजेक्ट संकल्प २०२६’ अन्तर्गत ब्ष्m ब्अत ब्अजष्भखभ “विषयमा ‘संकल्प पुरस्कार’ समेत वितरण गरिएको थियो ।

समग्रमा, उक्त एकेडेमीले युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि, आपसी समन्वय र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.