हेटौँडा । हेटौँडामा अवस्थित नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्ट्स लि. ले हेटौँडा–१७, हटियास्थित लक्ष्मी आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । शिवम् सिमेन्ट्स लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो ।
स्वास्थ्य शिविर कार्यक्रममा विद्यालयमा नर्सरीदेखि कक्षा ३ सम्म अध्यनरत ६४ जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण बालरोग विशेषज्ञ डा.विकल्प बर्तौलाद्वारा गरिएको थियो भने निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।
कार्यक्रम लक्ष्मी आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इन्द्र प्रसाद नेपालको सभाध्यक्षता शिवम् सिमेन्ट्सका डि.जि.एम राजेन्द्र शर्माको प्रमुख आतिथ्यता, शिवम् सिमेन्ट्सकै नर बहादुर खत्री, शुसिला दहाल, राम कुमार कडेल लगायतको सहभागिता रहेको थियो । उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विगतका वर्षहरुमा पनि विभिन्न शैक्षिक सामाग्रीहरुको वितरण, छात्रबृत्ती कोषको स्थापना तथा न्यानो कपडाहरु वितरण जस्ता कार्यहरु गर्दै आईरहेको छ ।

















