अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुरस्थित बस्तीपुर होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय २० मिलिग्रामसहित दुई जनालाई मंगलबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१२ पदमपोखरी बस्ने २४ वर्षीय सुवर्ण घलान र मनहरी गाउँपालिका–३ पालदमार बस्ने २४ वर्षीय बिजय मोक्तान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उनीहरूलाई उक्त लागूऔषध फेला परेपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको मकधवानपुर प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.