हेटौंडा–१४ उत्तरपानीमा सिन्तान परिवारद्वारा सोनाम ल्होछार मनाइयो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ स्थित उत्तरपानीमा मञ्जुश्री संवत् २८६२ औँ सोनाम ल्होछार भव्य रूपमा मनाइएको छ । मंगलबार उत्तरपानीका सिन्तान टोल परिवारको आयोजनामा ल्होछार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उर्गेन पेमा डुप्केलिङ बौद्ध गुम्बा, हेटौंडा–१४ का प्रमुख धर्मगुरु लोबेन पेमा दोर्जेले ग्रहशान्ति पूजासहित प्रवचन गरेका थिए । उनको नेतृत्वमा धार्मिक विधिअनुसार ल्होछार मनाइएको थियो ।

ल्होछार कार्यक्रममा उर्गेन पेमा डुप्केलिङ बौद्ध गुम्बा हेटौंडा–१४ का उपाध्यक्ष कमल सिन्तानले सिन्तान परिवारले आफ्नो घरपरिवार तथा समुदायको सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजाको आयोजना गरिएको जानकारी दिए । उनका अनुसार २२ घरपरिवार रहेको सिन्तान टोलमा सबैले आ–आफ्नो घरमा दज्र्यु लुङदार राखी पूजाआजा गरेका थिए ।

मञ्जुश्री पात्रोअनुसार २८६२औँ वर्ष सुरु भएको छ । सर्प वर्ष पूरा भई घोडा वर्ष प्रवेश गरेको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.