हेटौडा । मकवानपुरकै पहिलो जेसीज हेटौडा जेसीजको अध्यक्षमा सन्तोष पराजुली निर्वाचित भएका छन् । वर्ष सन् २०२६ का लागि शनिबार भएको निर्वाचनबाट सन्तोष पराजुली ४८ औँ अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुल २०८ मतदातामध्ये १८७ मत खसेकोमा २ मत बदर भई १८५ मत सदर भएको थियो । सदर मतमध्ये सन्तोष पराजुलीले १०७ मत प्राप्त गरेका थिए भने अध्यक्षका अर्का उम्मेदवार जीवन ढकालले ७८ मत प्राप्त गरेका थिए ।
हेटौडा जेसीजको कार्यकारिणी उपाध्यक्षमा विपिन ताम्राकार र सञ्जयकुमार न्यौपाने निर्विरोध भएका छन् । उपाध्यक्षमा अशोककुमार सिंह, विनोद वाग्ले, विवेक बानिया र श्रृजनराज बज्रचार्य निर्विरोध चयन भएको निर्वाचन आयुक्त विकेशलाल श्रेष्ठले जानकारी दिए । अध्यक्षमा निर्वाचित पराजुलीले जेसीजको मर्म अनुसार युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले जेसीआई हेटौंडालाई थप उचाइमा पु¥याउन सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका छन् ।















