हेटौंडा । मंसिर २७ गते काठमाडौंमा Real Madrid Fan Club Nepal ले आयोजना गर्ने सातौं संस्करण: अल नेपाल म्याड्रिडिष्टा फुटसल टुर्नामेन्ट Real Madrid Fan Club Nepal–काठमाडौँले होस्ट गर्ने भएको छ। हेटौंडाको टोली Real Madrid Fan Club Nepal–हेटौंडा प्रतियोगितामा सहभागी हुँदैछ। लगातार पछिल्ला पाँचौं र छैठौं संस्करण विजेता यो टोलीले यस वर्ष पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
टोलीमा क्याप्टेन सुमन लामासहित बिश्व लामा, सुजन भोम्जन, सुजन खत्री, उज्वल बिष्ट, सागर तामाङ, सबिन श्रेष्ठ र युगेश श्रेष्ठ लगायतका खेलाडी रहेका छन्। यस्तै, व्यवस्थापक बालगोपाल महर्जन, सह-व्यवस्थापक शशांक महतो र प्रशिक्षक मनीष भट्टराईले टोलीको तयारीमा भूमिका निभाएका छन्। सह-व्यवस्थापक महतोका अनुसार हेटौंडा टोली पहिलेभन्दा बलियो भएको र यस वर्ष उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

प्रतियोगितामा हेटौंडासँगै देशभरका अन्य टोलीहरू पनि सहभागी हुनेछन्। सहभागी टोलीहरूमा Real Madrid Fan Club Nepal — चितवन, Real Madrid Fan Club Nepal — काठमाडौं, Real Madrid Fan Club Nepal — Pro1, Real Madrid Fan Club Nepal — जुम्ला, Real Madrid Fan Club Nepal — पोखरा, Real Madrid Fan Club Nepal — बुटवल, र Real Madrid Fan Club Nepal — नुवाकोट रहेका छन्।
















