राक्सिराङमा गोली प्रहार गरि एक जनाको हत्या, फरार अभियुक्त कटुवा पेस्तोलसहित पक्राउ

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–१, कोलगैरी ठकुरीडाँडामा ७५ वर्षीय इमानसिंह थोकरले गोली प्रहार गर्दा ६४ वर्षीय ठुले गोलेको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ९:५२ बजे थोकर र गोलेबीचको पुरानो रिसइबीका कारण गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

घटनाको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी टोली तत्कालै खटिएको थियो। प्रारम्भिक अनुसन्धानपछि फरार रहेका अभियुक्त थोकरलाई खोजतलास जारी राखिएको थियो।

प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब ४ बजे घटनास्थलबाट करिब एक किलोमिटर पूर्व, कोलगौरी क्षेत्रमा लुकी–छिपी बसेको अवस्थाबाट उनी पक्राउ परेको हो । प्रहरीले उनको साथबाट कटुवा पेस्तोल १ थान, २ राउन्ड लाइभ गोली, १ थान खोका र करिब १९० ग्राम बारुदजस्तो देखिने पदार्थ समेत बरामद गरेको छ।

यस्तै, पुरानो आपसी मनमुटावकै कारण घटना घटेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ भने पक्राउ परेका थोकरमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.