१५७ किलो गाँजासहित चालक र कन्टेनर गाडी मकवानपुर प्रहरीको नियन्त्रणमा

तस्विरः जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त ।

मकवानपुर । मकवानपुर प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गर्दै एक जना चालकलाई नियन्त्रणमा लिएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–२, भैसे चेकपोष्टमा आज बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय भीमफेदी र प्रहरी चौकी भैसेबाट खटिएको संयुक्त टोलीले पालुङतर्फबाट हेटौंडा आउँदै गरेको बा २ ख ३२१९ नम्बरको कन्टेनर गाडी रोकी तलासी गरेको थियो ।

सो क्रममा गाडीको पछाडीको डिब्बामा लुकाइ–छिपाइ गरी ल्याइएको अवस्थामा १२ वटा पोकामा राखिएको १५७ किलो १२० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

तस्विरः जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त ।

प्रहरीले गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ का ४१ वर्षीय बिरबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । बरामद गरिएको गाँजा र कन्टेनर गाडी नियन्त्रणमा लिएर उनलाई लागूऔषध सम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.