विद्यार्थीसँग नगरप्रमुख लामाको माफी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका नगरप्रमुख मीना कुमारी लामाले विद्यार्थीप्रति राखेको अभिव्यक्तिका कारण सार्वजनिक माफी मागेकी छन्।

भाद्र २३ गते जेन–जी आन्दोलनका क्रममा विद्यार्थीले गुनासो राख्न उपमहानगरपालिकामा पुग्दा नगरप्रमुख लामाले दिएको प्रतिक्रिया विवादित बनेपछि उनले आइतबार विज्ञप्ति जारी गर्दै माफी मागेकी हुन्।

‘विद्यार्थी भाइबहिनीहरूको मन दुखाउने कुनै उद्देश्य मेरो थिएन। तर मेरो शब्द र शैलीका कारण मनमा चोट पुगेको रहेछ भने माफी चाहन्छु,’ नगरप्रमुख लामाले विज्ञप्तिमा भनेकी छन्।

उनले हेटौंडा उपमहानगरपालिका विद्यार्थीहरूको पक्षमा सधैं खडा रहने स्पष्ट पार्दै शैक्षिक, सामाजिक र सिर्जनात्मक अभियानमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएकी छन्।

लामाले महिलाप्रति, जनजाति समुदायप्रति र विविधतालाई सम्मान गर्ने आफ्नो अडान दोहोर्‍याउँदै, विगतका कमजोरी आत्मसात गरेर अघि बढ्ने बताइन्। ‘विद्यार्थीले उठाएका मुद्दा र माग सम्बोधन गर्नतर्फ संवेदनशीलतापूर्वक लाग्नेछु,’ उनले भनिन्।

यस्तै, भाद्र २४ गते मधेसका विद्यार्थीहरु लामाबाट विभेद भएको भन्दै आन्दोलित भएका थिए । उनीहरुले नगर प्रमुख लामाले माफी माग्नुपर्ने माग राख्दै हेटौंडा उपमहानगरपालिका गेट अगाडी प्रदर्शन गरेका थिए । सोही दिन नगर प्रमुख लामाको घरमासमेत आगजनी भएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.