हेटौँडाबाट लागूऔषधसहित एक जना पक्राउ

मकवानपुर । हेटौँडाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका–२ शान्तिटोल निवासी ३० वर्षीय आदेश लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विशेष सूचनाको आधारमा उनलाई हिजो साउन २० गते खैरोहेरोइन १ ग्राम र ट्रामाडोल २ ग्राम २० मिलिग्रामसहित पक्राउ गरिएको हो । शंका लागि गरिएको खानतलासीका क्रममा लामाको साथबाट सो परिणामको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका लामामाथि लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.