हेटौंडा । विद्युतीय सवारीसाधन (ईभी)को प्रवर्द्धन तथा सेवा सुदृढीकरणका लागि बाटास एमएडब्लु कमर्सियल भेइकल्स प्रालिले हेटौंडामा ईभी व्यवसायी र ग्राहकसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार आयोजित कार्यक्रममा कम्पनीले आफ्नो ब्राण्ड फोटोन र सोकोन को सवारीबारे विस्तृत जानकारी दिँदै ग्राहक हितमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता जनाएको छ।
सेल्स रिप्रेसेन्टेटिभ अफिसर सौरव सिंहले कार्यक्रममा सहजीकरण गर्दै ईभीमा आवश्यक स्पेयर पार्ट्स र सर्भिस सुविधाहरू देशभरका मुख्य बजारहरूमा सहज रूपमा उपलब्ध गराइएको जानकारी दिए। उनका अनुसार सोकोन ब्राण्डको ११ सिटर तथा फोटोनको १४, १५ र १६ सिटका इभीहरू बजारमा व्यापक रूपमा प्रयोग भइरहेका छन्।
उनले भने, “ईभीको प्रयोग बढेसँगै दुर्घटनाका घटनाहरू पनि देखिन थालेका छन्, जसप्रति हामी सजग छौं।” कार्यक्रममा सहभागी व्यवसायी तथा ग्राहकका लागि विशेष छुट तथा सहायताका प्याकेजहरू पनि घोषणा गरिएको छ। यता सहभागी व्यवसायीहरूले सस्तोमा स्पेयर पार्ट्स उपलब्ध गराउनुपर्ने र चालकहरूलाई ट्राफिक नियम र व्यवहारिक तालिम अनिवार्य गरिनुपर्नेमा जोड दिए।
ईभीको वृद्धि सँगसँगै सुरक्षा र चेतनाको आवश्यकता पनि देखिएको भन्दै कार्यक्रममा सहभागी इभी व्यवसायीले कम्पनीलाई चालको लागी ट्राफिक नियम सम्बन्धि तालिम ल्याउन सुझाव दिएका हुन् ।

















