मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हेटौँडा उपम गरेको हो।नगर कमिटीको सातौं नगर अधिवेशनले पदाधिकारी टुंगो लगाएको छ । आज बसेको बैठकले अरुण लामाको अध्यक्षतामा २२ सदस्यीय नगर समिति चयन गरे हो ।
हेटौँडा–२, स्थित सानोपोखरामा रहेको पार्टी कार्यालयमा सम्पन्न पहिलो बैठकले नयाँ पदाधिकारीहरूको टुंगो लगाएको हो। बैठकले तीन जना उपाध्यक्ष, तीन जना सचिव र एक जना कोषाध्यक्ष चयन गरेको हो।
उपाध्यक्षमा जीवन अधिकारी, हिरा प्रसाद पौडेल (जयराम) र सीता दाहाल, सचिवमा श्याम श्रेष्ठ चयन भएका छन् भने बिनोद कुमार थापा र जानुका डवाडी सह सचिवमा चयन भएका छन् ।
त्यसैगरी, सुकुन्द प्रसाद आचार्य कोषाध्यक्षमा चयन भएका छन्। नवगठित समितिले पार्टीको सांगठनिक मजबुती र स्थानीयस्तरमा जनसम्पर्क विस्तारमा प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।
प्रतिकृया दिनुहोस्

















