मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७, नागस्वतीमा रहेको बनदेबी तथा राधाकृष्ण मन्दिर परिसरमा अक्षय तृतीयाको अवसर पारेर आज हनुमानको मुर्ती अनावरण सम्पन्न गरिएको छ । बनदेबी आमा समुहको सकृयतामा हनुमानको मुर्ती स्थापना गरिएको हो ।
७ नं वडा अध्यक्ष दामोदर गौतमले मुर्ती अनावरणसँगै पुजा शुभारम्भ गरेका हुन् । सो क्रममा उनले नागस्वतीको धार्मिक एैतिहासिक यस मन्दिरलाई धार्मिक पर्यटक बढाउन, सुन्दर र सुधारको लागि आफु लागिरहने बताए ।
परम्परादेखी चल्दै आएको अक्षय तृतीयाको महत्व बुझाउनको लागि प्रसाद स्वरुप सातु सर्बत बवतरणसँगै सो विषयमा चर्चा समेत गरिएको समितिका सचिव मुरारी पौडेलले बताए ।
सोही अवसरमा मन्दिरमा अक्षयकोष सञ्चालन अभियानको लागि स्थानिय निर्मल देबकोटाले ५१ हजार सहयोग गरेका थिए ।
कार्यक्रममा बनदेबी तथा राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष हरिहर ढकाल ,धार्मिक ब्यक्तित्व ठाकुर प्रसाद पाण्डे , मौसम ढकाल लगायत हेटौंडा ७ वडावासीहरुको उपस्थिती रहेको थियो ।

















