मकवानपुरमा भ्रमण टोलीको बस दुर्घटना

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्र्तगत गर्ने मकवानपुरको बकैया गाँपालिका वडा नम्वर ३, चिसापानी बजारस्थित गएराति भ्रमण बस र्दुघटना भएको छ ।

सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ख ०२७० नम्वरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, मकवानपुरको भीमफेदी गाउँपालिका कृषी तथा पशु शाखा भीमफेदीले अगुवा कृषक भ्रमणको रिजर्भ बस घुम्तिमा अचानक दुर्घटना भएको हो । उक्त दुर्घटनामा परेर २२ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँच जनालाई भरतपुरको पुरानो मेडिकल कलेज, ११ जनाको हेटौंडास्थित मकवानपुर सहकारी अस्पताल र ६ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । सो घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.