हेटौंडामा मनाइयो विश्व उपभोक्ता अधिकार दिवस

हेटौंडा हेटौंडामा विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ। बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले ‘स्वच्छ र प्रतिस्पर्धी बजार स् उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने नाराका साथ कार्यक्रम गरी यो दिवस मनाइएको हो।

मन्त्रालयका सचिव राजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकुमाया तामाङको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले उपभोक्ता अधिकारको सम्मान गर्दै गुणस्तरीय, सुरक्षित र न्यायोचित मुल्यमा वस्तु तथा सेवा उपभोग गर्न पाउने हक प्रत्याभूत गराउनु राज्यको दायित्व भएको बताइन्।

उनले आफ्नो मन्त्रालय उपभोक्ता अधिकारको संरक्षण,प्रवर्धन तथा कार्यान्वयनका लागि सधैं प्रतिबद्ध रहेको पनि जानकारी गराइन्। मन्त्री तामाङले नेपालमा डिजिटल कारोबार तथा विद्युतीय सेवा प्रवाहलाई सुरक्षित,भरपर्दो र उपभोक्ता हितमैत्री बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित भएको बताइन्।

कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाकी उपप्रमुख उमाकुमारी लामाले गाउँपालिकामा प्राविधिक सामग्री नहुँदा अनुगमनमा समस्या हुने गरेको बताइन्। उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेलले नीतिगत रूपमा गएर अध्ययन गर्नुपर्ने बताएका थिए। साथै उद्योग वाणिज्य बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्रीले मापदण्ड बनाएर काम गर्न आग्रह गर्दै सबैलाई समान अधिकार प्राप्त गरी लैजान मन्त्रालयलाई आग्रह गरे।

कार्यक्रममा मन्त्रालयकी उपसचिव सुनिता गजुरेलले यो आर्थिक वर्षमा ६१४ जना व्यवसायीको अनुगमन गरिएको जानकारी गराइन्। कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष अजय अधिकारीले उपभोक्ता अधिकार र वर्तमान बजारको अवस्थाका विषयमा प्रस्तुतीकरण दिएका थिए। साथै मकवानपुर चेम्बर अफ कमर्शका अध्यक्ष माधव न्यौपानेले पनि व्यवसायीका तर्फबाट प्रस्तुतीकरण दिएका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.