इन्द्रसरोवरका नेसुर मृत अवस्थामा फेला

file-photo

हेटौंडा । मकवानपुरको इन्द्रसरोवरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा इन्द्रसरोवर गाउँपालिका ३ दोभानका ३५/३६ वर्षीय श्याम नेसुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए ।

प्रहरीका अनुसार नेसुर बुधबार राती ०९:०० बजेको समयमा आफुखुसी घर छोडि हिँडेका थिए । नेसुर्लाई आफन्तले खोज्दै जाने क्रममा बिहिबार बिहान ०८:३० बजेको समयमा घरदेखि अन्दाजी २ कि.मि. पुर्वतर्फ रहेको दोभान स्थित बागमती नदिको बीचमा ढुंगामा अल्झिएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले थप अनुसन्धान तथा मुचुल्काको लागि घटनास्थल सुरक्षित राखेर प्रारम्भिक अनुसन्धान पुरा गरि शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको प्रहरीको भनाई छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.