हस्तकला क्षेत्र सरकारको सधैं प्राथमिकता रहन्छ : प्रधानमन्त्री ओली

हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताएका छन्। नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूहरुले सक्दो पहल गर्ने विश्वास दिलाए।

प्रधानमन्त्री ओलीले कला र संस्कृतिमा नेपाल धनी भएको सन्दर्भमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताउँदै बजारका सामानभन्दा आफैँले मेहनत गरेर फलाएका खाना र बनाएका सामान प्रयोग वृद्धिका लागि आग्रह गरे।

“हाम्रो देश कलाका लागि प्रसिद्ध छ। यहाँका कला अमूल्य छन्। यिनमा हाम्रा दृष्टिकोण र कला सजिएका हुन्छन्”, प्रधानमन्त्री ओलीले भने, “हस्तकलाले महिलाको रोजगारी र सीप विकासका साथै सामाजिक उत्थानमा पनि मद्दत गरेको छ। यस क्षेत्रबाट उत्पादित सामान निर्यातका लागि लागौँ, म यसका विभिन्न विधाको विकासका लागि के के गर्नुपर्छ भन्नेबारे महासङ्घलाई बोलाएर छलफल गर्छु। त्यसका आधारमा हामी थप काम गर्नेछौँ।”

कार्यक्रमका विशिष्ट अतिथि उधोग , वाणिज्य , भुमी तथा प्रशासन मन्त्री शुकमाया तामाङले बागमती प्रदेशमा उधोग तथा वाणिज्य निति बनाउन नीति सम्बात कार्यक्रम अघि सारेको जानकारी दिइन । उनले प्रदेश सरकारले स्थानीय कच्चा पदार्थ आधारित घरेलु तथा साना उधोग र हष्तकला उधोगलाइ विशेष प्राथमिकता दिने प्रतिवद्दता ब्यक्त गरिन ।

मन्त्री तामाङले उधोग दर्ता तथा नवीकरण प्रकियालाइ झन्झटिलो प्रणाली हटाउन एकद्वार प्रणाली लागू गर्ने तयारी गरेको बताइन ।
‘सीप सिक्न चाहने र उधोग गर्न चाहनेहरुका लागि प्रदेश सरकारले सहयोग गर्छ । हामिले उधोगीहरुलाइ हौसला दिनका लागि उधमी सम्मान कार्यक्रम पनि सुरु गरेका छौ , ‘ मन्त्री तामाङले भनिन् , ‘ उधोग क्षेत्रको अधिकार संघीय सरकार मातहत रहेको हुदा प्रदेश सरकार मातहत अधिकार प्रदान गर्न पनि म सम्मानीय प्रधानमन्त्री ज्युलाइ म हार्दिक अनुरोध गर्दछु । ‘

मन्त्री तामाङले भौतिक मात्रै विकास नभएकी भन्दै श्रम र सिपलाई पनि महत्व दिन पर्ने बताइन् । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले सरकारले सार्वजनिक निकायहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्नेसम्बन्धी निर्देशिका जारी गरेकामा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयमा जोड दिए।

उनले निर्यात वृद्धि र सहजीकरणका लागि विभिन्न बुँदामा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए। हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ११ लाख रोजगारी सृजना गरेको छभने यसले करिब रु ११ अर्ब बराबरका सामान निकासी गरेको जनाइएको छ।
कार्यक्रमममा उत्कृष्ट निर्यातकर्ता र योगदानर्तालाई सम्मान पनि गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.