हेटौंडा । हेटौंडा ३ बसामाडीमा रहेको कृयाशिल कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार चक्रदेवी सामुदायिक बन उपभोक्ता समितीको सभाहलमा संस्थाको १० औं साधारणसभा सम्पन्न भएको हो।
सभामा संस्थाका अध्यक्ष सरोज ढुंगाना, सचिब सन्जु थापा र कोषाध्यक्ष हरि बहादुर कार्की बाट सांगठनिक तथा आर्थिक विवरण प्रस्तुत गरिएको थियो ।
साधारणसभाको अवसरमा संस्थाले नियमित उत्कृष्ट बचत तथा कारोबार गर्ने शेयर सदस्य भगवान तिमल्सिनालाई सम्मान गरेको छ । उनलाई दोसल्ला ओढेर सम्मान पत्रसहित सम्मान गरिएको हो ।
संस्थाले विभिन्न समयमा कृषकहरुलाई कृषिसँग सम्बन्धित अनुदान दिँदै आएको छ । यस्तै, आवस्यक अनुसार बीउ बिजन, बिषादी छर्ने सामाग्री, माटो परिक्षण सेवा, टनेलहरु, विभिन्न समयमा कृषकलाई कृषि बाली सम्बन्धित सचेतना कार्यक्रमहरु समेत उपलब्ध गराउँदै आइरहेको हो ।
हेटौंडा ११ नम्बर वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको साधारण सभाको उद्घाटन समारोह कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ३ अध्यक्ष रोशन गोले तामाङ, चक्रदेवि सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष सुदिप कार्की, जनहित दुग्ध सहकारी संस्था लिमिटेड व्यवस्थापक प्रल्हाद बर्तौला र तल्लोताल जल तथा सिचाइ उपभोक्ता समिति अध्यक्ष बच्चुराम कालाखेती लगायतको उपस्थिति थियो।
कार्यक्रम संस्थाका अध्यक्ष सरोज ढुङ्गनाको सभाध्यक्षतामा सम्पन्न भयो ।

















