हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा कुटपिटबाट घाइते भएका एकजनाको मृत्यु भएको छ। ९ पुषमा बेलुका ८ बजेको समयमा जयराम गोपालीको कुटपिटबाट घाइते भएका हिराकाजी गोपालीको मृत्यु भएको हो।
थाहा १०, मुलगाउँका अन्दाजी ५३ वर्षीय हिराकाजी र सोही वडाका ४७ वर्षीय जयराम बीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
जयरामले मदिरा सेवन गरी आगो ताप्ने क्रममा सामान्य विवादमै कुटपिट गर्दा टाउकोमा चोट लागी हिराकाजी घाईते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते हिराकाजीलाई उपचारको लागी काठमाडौं पठाइएको थियो। कुटपिट गर्ने जयरामलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बताइएको छ।
यस्तै, घाइते हिराकाजीको काठमाडौंको दीर्घायू अस्पतालमा उपचारको क्रममा १२ पुषमा मृत्यु भएको प्रहरीको भनाई छ।
प्रतिकृया दिनुहोस्

















