बाँच्ने रहर बोकेकी मनहरीकी रत्न

हेटौंडा । दुवै मृगौला निष्क्रिय भएपछि मकवानपुरको मनहरी–९ निवासी ५० वर्षीया रत्न अधिकारी अहिले जीवनका लागि संघर्ष गरिरहेकी छन्। आर्थिक अभावबीच उपचार धान्न मुस्किल परेपछि उनी गाउँको सहारा र सरकारको आशामा छिन्।

अधिकारीका श्रीमान् वृद्ध छन्, जो लठ्ठीको सहारामा हिँड्छन्। छोरा पेट्रोल पम्पमा काम गर्छन्। पारिवारिक आय थोरै हुँदा नियमित डायलाइसिसको खर्च टार्न कठिन भएको परिवारको भनाइ छ।

आइतबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ मनहरी–९ मा विपन्न एकल महिलालाई घर हस्तान्तरण गर्न पुगेका बेला अधिकारी पनि त्यहाँ पुगेकी थिइन्। मुख्यमन्त्रीले उनको स्वास्थ्य अवस्था बुझ्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीसँग छलफल गरेका थिए।

अध्यक्ष कालाखेतीले गाउँपालिकाले दीर्घ रोगीका लागि उपलब्ध गराउँदै आएको मासिक पाँच हजार रुपैयाँ तिहारपछि नियमित रूपमा उपलब्ध गराउने बताए। “दीर्घ रोगीहरूलाई सहयोगका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने तयारीमा छौं,” अध्यक्ष कालाखेतीले भने।

मुख्यमन्त्री बानियाँले पनि “थप सहयोग आवश्यक परे प्रदेश सरकारले समेत सहयोग गर्न सक्ने” प्रतिबद्धता जनाएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.