मकवानपुर आएर माधव नेपालले भने, ‘ओलीको घमण्डले देशमा विषम् परिस्थिति आयो’

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मकवानपुरमा आएर केपी शर्मा ओलीको घमण्डले देश विषम् परिस्थितिमा पुगेको बताएका छन् । आज शनिबार मकवानपुरका अगुवा कार्यकर्ताहरुसँग शनिबार भेटको क्रममा बोल्दै उनले आरोप लागएका हुन् ।

हेटौँडा–४ स्थित भैरवरोडमा रहेको पार्टी कार्यालयमा नेपालले पार्टीका अगुवा कार्यकर्ता भेटमा अध्यक्ष नेपालले केपी ओलीको घमण्डले देशमा विषम् परिस्थिति सिर्जना भएको दाबी गर्दै देशलाई यस्तो अवस्थामा पु¥याइए पनि ओलीको दम्भ नघटेको बताए ।

उनले राज्य विषम् परिस्थितिमा रहेकोले सिंगो नेपाली जनता चनाखो भएर बस्नुपर्ने बताए । उनले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा अन्य शक्तिहरुले घुसपैठ गरी देशका अत्यन्त महत्वपूर्ण संरचनाहरुमा आगजनी, तोडफोड, मानिस मार्ने काम भएको भन्दै यो अत्यन्त निन्दनीय रहेको बताए । जेन्जी आन्दोलनमा जति कलिला विद्यार्थी र प्रहरीहरुले ज्यान उत्सर्ग गरे, ती सबै शहीदहरुप्रति श्रद्धा व्यक्त गर्दै उनले जेन्जीहरुका जायज माग पूरा हुनुपर्ने जोड दिए ।

पार्टी जिल्ला उपाध्यक्ष ध्रुवबहादुर भुजेलको सभाध्यक्षतामा राखिएको भेटघाट कार्यक्रममा पार्टी केन्द्रीय अध्यक्ष नेपालले चुनावको तयारी गर्न निर्देशन दिए । नेपालले पार्टी एकताको सवालमा भने मसिनोढंगले गृहकार्य भइरहेको बताए ।

भेट कार्यक्रममा पार्टी केन्द्रीय उपमहासचिव रामकुमार भट्टराई, स्थायी कमिटी सदस्य नागेन्द्र चौधरी, पोलिट्ब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रीय सल्लाहकार यादब गजुरेल, प्रदेश सदस्य माधब तिमल्सिना, पार्टी जिल्ला सचिव किशोर बर्तौला र युवा नेता किशोर टण्डनलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.