मकवानपुर । हेटौँडामा तास खेल्दै गरेको अवस्थामा ११ जना पक्राउ परेका छन् । असोज ३१ गते साँझ करिब ५ः२० बजे हेटौँडा उपमहानगरपालिका–१० बसपार्क गुम्बा नजिकको दर्ता नभएको खाजा घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार, विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट ६ लाख ६ हजार ३ सय १० रुपैयाँ नगद र ११ बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्तिहरूको नामावली यसप्रकार छः
१, हेटौँडा–१० कर्रा, खाजा घर सञ्चालक ३५ वर्षीय हिरालाल मोक्तान
२, हेटौँडा–१० कर्राकी ३५ वर्षीया वसन्ती ब्लोन
३, हेटौँडा–१० बसपार्क टिसिएन रोडका ३७ वर्षीय अर्जुन तामाङ
४, हेटौँडा–१० न्युरेनीका ३८ वर्षीय टुम बहादुर वाइबा
५, हेटौँडा–१० बसपार्ककी ५० वर्षीया राम माया राना
६, हेटौँडा–४ हुप्राचौरकी ५० वर्षीया हिरा माया थिङ
७, हेटौँडा–४ हुप्राचौरकी ३० वर्षीया शान्ति माया तामाङ
८, हेटौँडा–१० बसपार्ककी ६६ वर्षीया कान्छी माया ब्लोन
९, हेटौँडा–११ थानाभर्यासङकी ४५ वर्षीया सीता लामा
१०, बागमती गाउँपालिका–५ ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल
११, मनहरी गाउँपालिका–४ का ३० वर्षीयअनिल लामा
प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने जनाएको छ।














