हेटौँडा । हेटौँडाको राप्ती खोलाको बगरमा बेवारिसे अवस्थामा एक जनाको शव भेटिएको छ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट भुद्रुङ तर्फ जाने नयाँ पुल मुनी राप्ती खोलाको बगरमा सोमबार दिउँसो एक पुरुषको शव भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार, हाल नाम, थर, बतन नखुलेको अन्दाजी ३० वर्षीय मागी खाई हिँड्ने जस्तो देखिने एक पुरुष उत्तानो अवस्थामा मृत फेला भेटिइएको हो ।
उक्त पुरुषको शव मुचुल्का पश्चात् पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको छ । सो घटना बारे आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्















