जेन जी आन्दोलनले बागमतीका सरकारी सवारीमा २१ करोड ६७ लाख क्षति, सवारी कर मिनाहा गर्ने तयारी

हेटौँडा । गत भदौ २३ र २४ गते भएको जेन जी प्रदर्शनको क्रममा बागमती प्रदेश भित्र १९५ वटा सरकारी सवारीसाधनबाट २१ करोड ६७ लाख ५५ हजार रुपैयाँ क्षति भएको छ ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा सोमरबा हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री जयराम थापाले सो जानकारी गराएका हुन् । उनका अनुसार, जेन जी प्रदर्शनमा ५३ वटा चार पाङ्ग्रे र १४२ वटा दुई पाङ्ग्रे सवारीसाधन ध्वस्त भएको र त्यसबाट उक्त रकम बराबरको क्षति भएको हो ।

मन्त्री थापाले जेन जी आन्दोलनको क्रममा बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयको भवन पूर्ण रुपमा क्षति पुर्याएको भन्दै सो मन्त्रालय अन्तरगत रहेका १२ वटा यातायात व्यवस्था कार्यालयहरुमध्ये २ वटा पूर्ण रुपमा, २ वटा आंशिक क्षति भएको बताए ।

उक्त घटनाबाट मन्त्रालय भवनका साथै दर्जनौ बढी सवारी साधनहरूमा क्षति भएपनि सेवा प्रवाह नरोकेको, क्षतिग्रस्त भवन र कार्यालयहरूको पुनर्निर्माण तीव्र गतिमा अघि बढिरहेको मन्त्री थापाले बताए । उनले भने, ‘उक्त घटनाबाट मन्त्रालय भवनका साथै दर्जनौ बढी सवारी साधनहरूमा क्षति पुगेको थियो। तर, मन्त्रालयले बाँकी भौतिक संरचनाको अधिकतम उपयोग गर्दै सेवा दिन रोकेको छैन।’

मन्त्री थापाले प्रदर्शनका क्रममा क्षतिग्रस्त सवारी साधनहरूको कर र नविकरण दस्तुर मिनाहा गर्ने प्रक्रिया अघि बढाइएको छ । पूर्णरूपमा नष्ट भएका सवारीहरूको आर्थिक वर्ष २०८२–०८३ को कर तथा नवीकरण दस्तुर छुट गर्नुका साथै निःशुल्क दर्ता खारेजी र आंशिक क्षतिमा प्रयोग नहुन्जेलसम्म कर छुट दिने तयारी मन्त्रालयले गरिरहेको उनको भनाई छ ।

यस्तै, सेवा लिन नसकेर जरिवानामा परेका सेवाग्राहीहरूका लागि जरिवाना मिनाहा गर्ने प्रक्रियासमेत अघि बढाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.