मकवानपुरमा खोलाले बगाएर युवक बेपत्ता

मकवानपुर । मकवानपुरमा हिजो असोज १ बजे बुधबार खोलाले बगाएर एक युवक बेपत्ता भएका छन् । जिल्लाको बागमती गाउँपालिका–१ माझगाउँ खेस्रेखोलामा खोलाले बगाउँदा एक युवक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, खोलाले बोगाएर स्थानीय १८ वर्षीय सोमबहाुरद घलान बेपत्ता भएका हुन् । उनी आफ्ना बाबु ४८ वर्षीय गुञ्जमान घलानसँग घरदेखि करिब ५०० मिटर पूर्वतर्फ रहेको बागमती खोलामा माछा मार्न गएका थिए । सो क्रममा खोलाले बगाएर उनी बेपत्ता भएका हुन् ।

बगाएर बेपत्ता भएका सोमबहादुरको खोजतलास स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.