सिआन पुनर्स्थापना केन्द्रको अध्यक्षमा मन छेत्री

मकवानपुर । हेटौंडा–९, लामसुरेहाइटस्थित सिआन पुनर्स्थापना केन्द्रको अध्यक्षमा मन छेत्री चयन भएकी छन् । केन्द्रको नवौं साधारणसभा तथा अधिवेशनबाट छेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

यस्तै, केन्द्रका उपाध्यक्षमा मेनुका लामा ब्लोन, सचिवमा आतिश दाहाल, सह–सचिवमा विनोद आचार्य, कोषाध्यक्षमा मिनु अग्रवाल चयन भएका छन् । त्यसैगरी, सदस्यमा लक्ष्मी रिमाल र जितेन खड्गी चयन भएका छन् ।

कानुनी सल्लाहकारमा सन्तोष पौडेल र नेल्शन घलान रहेका छन् भने प्रेस सल्लाहकारको जिम्मेवारी मञ्जिता मैनाली ‘मञ्जु’ ले पाएकी छन् ।

सल्लाहकार टिममा रमिला सापकोटा, लक्ष्मण प्रसाद भण्डारी, सरस्वती थिङ, सानु लामा, सुनिल लोप्चन र महेश्वरमान श्रेष्ठ चयन भएका छन् ।
नवौं साधारणसभा तथा अधिवेशन सिआन पुनस्र्थापना केन्द्रका तत्कालीन अध्यक्ष विजेन्द्र अग्रवालको अध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.