बागमती सरकारले दियो न्वागी पर्वको अवसरमा मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक विदा

हेटौँडा । बागमती प्रदेश सरकारले न्वागी पर्व (च्यापाङ समुदायको नयाँ वर्ष, छोनाम) को अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज बिहीबार जारी गर्दै सो बारे जानकारी गराएको हो । मन्त्रालयका सहप्रवक्ता रबिता कार्कीले जारी गरेको सूचनामा भदौ २२ गते आइतबार मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक विदा दिने भनिएको हो ।

प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार सो दिन सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरु बन्द रहनेछन् ।

च्यापाङ समुदायले हरेक वर्ष भदौ महिनामा न्वागी पर्वलाई नयाँ वर्षको रुपमा विशेष उत्सवका साथ मनाउँदै आएका छन् । यस पर्वमा च्यापाङहरुले नयाँ अन्न देवीदेवतामा अर्पण गरी धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्ने परम्परा छ ।

सो पर्वको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले पनि तीन दिन सार्वजनिक विदा दिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.