छोनम न्वागी पर्वको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले दियो तीन दिन सार्वजनिक विदा

file-photo

मकवानपुर । चेपाङ समुदायको सांस्कृतिक महान पर्व छोनम न्वागी (नवाङ्गी) को अवसरमा राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने भएको छ ।

चेपाङ समुदायको बाक्लो बसोबास रहेको सो गाउँपालिकाले एक सूचना जारी गर्दै सर्वाजनिक विदाबारे जानकारी गराएको हो । जारी सूचनामा सो पर्वको अवसरमा यही भदौं २१, २२ र २३ गते गरी तीन दिन सार्वजनिक विदा दिने भनिएको छ ।

उक्त अवधिभर शिक्षण संस्था तथा सरकारी कार्यालयहरू बन्द रहने जनाइएको छ ।

साथै, उक्त पर्वका अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हर्षोल्लासका साथ पर्व मनाउन आग्रह गरिएको छ ।

राक्सिराङ गाउँपालिकाले विगतका वर्षहरूमा समेत प्राथमिकताका साथ न्वागी पर्वमा सार्वजनिक विदा दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.