हेटौँडा । बागमती प्रदेशसभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार, प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत बाह्रौँ बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको हो ।
सो बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन अवस्था रहेको २ विधेयकको प्रतिवेदन पेस हुने सम्भावित कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । बैठकमा प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुने उनले बताए ।
यस्तै, उक्त बैठकमा विशेष समय र शून्य समयको कार्यसूची रहने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

















