जनसाँस्कृतिक साँझ “स्वर समर्पण” को लागि स्वयम्सेवक व्यवस्थापन उपसमिति निर्माण

हेटौँडा । मकवानपुरमा भोलि हुने जनसाँस्कृतिक साँझ “स्वर समर्पण” को लागि स्वयम्सेवक व्यवस्थापन तथा परिचालन उपसमिति निर्माण गरिएको छ । जनसंगठन समन्वय संयन्त्रले नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भमा भोलि साउन ७ गते साँझ ४ बजे रोयल पार्टी प्यालेसमा आयोजना गरेको जनसाँस्कृति साँझ “स्वर समर्पण” का लागि उपसमिति निर्माण गरिएको हो ।

कार्यक्रम नेकपा एमाले, मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना र राष्ट्रिय जनसाँस्कृतिक महासंघ, जिल्ला कमिटीको व्यवस्थापनमा हुने भएको हो । त्यसको लागि जनसाँस्कृतिक साँझको लागि पार्टी जिल्ला स्वयम्सेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्यीय उपसमिति निर्माण गरिएको हो ।

जनसंगठन समन्वय संयन्त्र र पार्टी जिल्ला स्वयम्सेवक विभागको संयुक्त बैठकले बेरोजगारलाई कार्यक्रम अवधिभर समग्र स्वयम्सेवक नेतृत्व र परिचालन गर्ने गरी उपसमिति संयोजकको जिम्मेवारी प्रदान गरेको हो । संयोजकसहित उपसमितिमा विभागबाट ७ जना र नेकपा एमाले सम्बद्ध १० वटा जनसंगठनबाट दुई–दुई जना गरी २७ जना चयन गरिएको छ ।

बैठकमा जनसाँस्कृतिक महासंघका अध्यक्ष राजुराम राउतले साँस्कृतिक कार्यक्रम, जनवादी गीतहरुको तयारी बारे जानकारी गराएका थिए । साथै, पार्टी जिल्ला सदस्य शिवहरी दाहालले कार्यक्रमलाई भब्य र सभ्य बनाउने जिम्मेवारी उपसमितिको भएकोले त्यस अनुसार क्रियाशील हुन आग्रह गरे ।

बैठकले कार्यक्रम स्थल, डिजिटल प्रचार सामाग्री डिजाईन लगायत अन्य प्राविधिक तयारीको जिम्मेवारी प्रोग्रेसिभ ईन्जिनियरिङ एशोशियनलाई प्रदान गरेको छ । बैठक समन्वय संयन्त्रका प्रमुख सन्तोष पौडेलको सभाध्यक्षता तथा नेकपा एमाले जिल्ला सचिव सिता विष्टको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टी जिल्ला सदस्यहरु दिलु घर्ति, आकाश अधिकारी, सुमित्रा चौलागाईँलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, नेकपा एमाले जिल्ला कमिटीले विगतका वर्षमा जस्तै पुस्पलालको स्मृतिमा श्रदाञ्जली सभा आयोजना पनि गरेको छ । श्रदाञ्जलीसभा भोलि बिहान ७ बजे हुनेछ ।

नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा एमाले भएको र यसका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसमा उनको योगदानलाई स्मरण गर्दै भब्यताका साथ मनाउन पार्टीले आवश्यक तयारी गरेको एमाले जिल्ला सचिव सिता विष्टले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.