हेटौँडाबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडाबाट आज बिहान अवैध खैरोहेरोइनसहित दुई युवक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोइन १ ग्राम १६० मिलिग्रामसहित दुई युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० का ३३ वर्षीय शनि रानाभाट र हेटौँडा–११ का २९ वर्षीय सरोज बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी प्रवक्ता अर्यालका अनुसार, उनीहरुलाई हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा पुगेको उक्त टोलीले खोजतलास गर्ने क्रममा रानाभाटको साथबाट ५८० मिलिग्राम र बानियाको साथबाट ५८० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको हो ।

उक्त परिमाणको लागूऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता अर्यालले बताए । उनले उनीहरूमाथि मकवानपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको पनि जानकारी गराए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.