हेटौँडामा सुरक्षित वैदेशिक रोजगारीबारे सञ्चारकर्मीसँग अन्तरक्रिया

मकवानपुर । मकवानपुरको हेटौँडामा बिहिवार सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम नेपाल पत्रकार महासङ्घ मकवानपुरको सभाहालमा भएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकामा कार्यरत सामीकी  कार्यक्रम संयोजक अञ्जिता थापा मगरले मकवानपुर जिल्लामा सञ्चालित सामी कार्यक्रमको अवस्था र उपलब्धिबारे प्रस्तुती दिएकी थिईन्।

उनका अनुसार,  चालु आर्थिक वर्षमा स्रोत केन्द्रमार्फत् ७ हजार २ सय ६६ जनासम्म सूचना प्रवाह गरिएको छ । ८७ प्रतिशत सेवाग्राहीहरूको उद्देश्य वैदेशिक रोजगारी रहेको जानकारी दिँदै उनले महिलाको सहभागिता उल्लेख्य रूपमा बढिरहेको बताईन् ।

त्यस्तै, ४४५ जना सेवाग्राही फलोअपमा रहेको र २९ जनाले वैदेशिक रोजगारीका लागि जाने प्रक्रिया पूरा गरिसकेको जानकारी दिईन् । अभिमुखीकरण कार्यक्रममार्फत् ४७६ जनाले प्रत्यक्ष सूचना प्राप्त गरेका छन् भने स्रोत केन्द्रमा उजुरी पेस गर्ने क्रम पनि बढ्दो छ । चालु आर्थिक वर्षमा १३३ वटा उजुरी केस दर्ता भएकोमा करिब ४७ प्रतिशत केसको समाधान भइसकेको उनले बताईन् ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिम्ल्सिनाले वैदेशिक रोजगार व्यवस्थापनको विषयमा प्रस्तुती दिए । उनले वैदेशिक रोजगारमा देखिने समस्या, समाधानका उपायहरू र स्थानीय सरकारको भूमिकाबारे चर्चा गरे ।

संचारकर्मीहरूका लागि आयोजित उक्त कार्यक्रममा वैदेशिक रोजगार, सुरक्षित आप्रवासन र पत्रकारिताको भूमिका सम्बन्धी विभिन्न धारणा आदानप्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.