हेटौँडा । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको ठहर गर्दै मकवानपुर जिल्ला अदालतले बाबुलाई ४५ वर्ष कैदको फैसला सुनाएको छ । साथै, अदालतले उनलाई ७ लाख रुपैयाँ जरिवाना तिर्न समेत आदेश दिएको छ।
जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठको एकल इजलासले हिजो बुधबार थाहा नगरपालिका–१ निवासी ३४ वर्षीय बाबुले बालिकालाई जबरजस्ती कारणी गरेको ठहर गर्दै यो फैसला सुनाएको हो।
अदालतले हाडनाता पर्नेलाई जबरजस्ती गरेको अभियोगमा २५ वर्ष र बालिकालाई जबरजस्ती कारणी गरेकोतर्फ २० वर्ष गरि ४५ वर्ष कैद गर्ने फैसला गरेको जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कैशिकले जानकारी दिए ।
ती बालिका जेठी श्रीमतीको छोरी हुन् । २०८१ भदौ २८ गते बालिकालाइ बाबुले घरमै जबरजस्तीकारणी गरेका थिए । बालिकाले आफूलाई बाबुले जबरजस्ती कारणी गरेको फुपू नाता पर्निलाई जानकारी गराएपछी उनिहरुले इलाका प्रहरी कार्यालय पालुङमा उजुरे दिएका थिए ।
सोही उजुरीको आधारमा बाबू पक्राउ पर्नुका साथै अदालतले पुर्पक्षका लागि उनलाई भिमफेदी कारागारमा पठाएको थियो । यो समाचार आजको साझाकुरा राष्ट्रिय दैनिकमा छ ।

















