हेटौँडा । बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले १० जना अनुसन्धान वृत्तिलाई जनही एक–एक लाख रुपैयाँ प्रदान गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत छनोट भएका अनुसन्धान वृत्तिलाई उक्त रकम प्रदान गरेको हो ।
मन्त्रालयले यसअघि स्वीकृत अनुसन्धान तथा विकास कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड, २०८१ (प्रथम संशोधन) अनुरूप सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाको आधारमा १५ जनाले आवेद दिएका थिए । तीमध्ये १० जना छनौट भएका हुन् ।
छनौट हुनेहरुमा क्रमशः सक्षम घिमिरे (प्रथम), कृपेश दाहाल (दोस्रो), प्रज्वला (तेस्रो) गजुरेल रहेका छन् । यसैगरी, हृदयेश बराल, मुकुन्द प्रसाद अगस्ती, सुमना काफ्ले, सुस्मा पुडासैनी, अनिल नेपाल, रोजिना बास्तोला, प्रशंसा उप्रेती रहेका छन् ।
उनीहरुलाई सो मन्त्रालयकी मन्त्री शुकमाया तामाङले बुधबार एक कार्यक्रमबीच नगद रकमसहित पत्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।

















