हेटौँडाबाट लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

हेटौँडा ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटे चेकपोष्टबाट  प्रहरीले लागूऔषधसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बुधबार बिहान ६ बजेको समयमा भारतको मोतीहारीबाट काठमाडौं जान आउँदै गरेको बिएल ०१ एडब्लु १४०४ नम्बरको कारबाट लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीले कारको सुरक्षा जाँच गर्दा लागूऔषध ट्रमाडोल २५ हजार ४५५ क्यापसुल र ओनरेक्स १२० बोतल बरामद गरेको थियो । लागूऔषधसहित कारमा सवार भारतको बिहार राज्य मोतीहारी जिल्ला पंचमिडियाका २६ वर्षीय उपेन्द्र यादव, २२ वर्षीय संजित कुमार यादव र ३५ वर्षीय सिकिन्दर महतोलाई पक्राउ गरेको प्रवक्ता अर्यालले बताए ।

लागूऔषधसहित तिनै जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.