गोर्खालाहारी प्रालिमा ट्रेड युनियन निर्वाचन सम्पन्न, समग्र उद्योग ट्रेड युनियन नेपालको प्यानल विजयी

हेटौँडा । गोर्खालाहारी प्रालिमा आधिकारिक ट्रेड युनियनको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचनमा नेकपा एमाले निकट समग्र उद्योग ट्रेड युनियन नेपाल र माओवादी निकट अखिल नेपाल औद्योगिक मजदुर संघबीच प्रतिस्पर्धा भएको थियो।

कुल १०७ जना मतदातामध्ये समग्रले ६४ मत प्राप्त गर्दै विजयी हुँदा अखिलले ४३ मत प्राप्त गरेको थियो। २१ मतको स्पष्ट अन्तरले समग्र प्यानलले विजय हासिल गरेको हो। उक्त विजयसँगै केशवप्रसाद अधिकारी समग्र उद्योग ट्रेड युनियन नेपालको अध्यक्षमा निर्वाचित भएका छन्।

निर्वाचनपश्चात अध्यक्ष अधिकारीले नेकपा एमाले पार्टी, जिफन्ट प्रदेश, जिल्ला तथा पालिका कमिटी, उद्योग व्यवस्थापन परिवार, मतदानमा सहभागी सम्पूर्ण श्रमिक, श्रम कार्यालय मकवानपुर, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

उनले भविष्यमा पनि सबैको साथ र सहकार्यबाट संगठनलाई अझ सुदृढ बनाउँदै श्रमिकको हक र अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।

उक्त दिनै एक विशेष शुभकामना कार्यक्रम पनि सम्पन्न भएको थियो। समग्र उद्योग ट्रेड युनियन नेपालका केन्द्रीय अध्यक्ष आनन्द थामीको प्रमुख  आतिथ्यता रहेको  कार्यक्रममा जिफन्ट बागमती प्रदेश सचिवालय सदस्य लालकृष्ण प्याकुरेल, जिफन्ट जिल्ला अध्यक्ष सम्भु लामा, जिल्ला उपाध्यक्ष प्रमिला बिडारी, एमाले वडा नं. ८ का अध्यक्ष गोतामे मोक्तान लगायत श्रमिक नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष अधिकारीले विभिन्न संगठनमा आस्था राख्ने श्रमिक साथीहरूलाई समेटेर उत्पादन वृद्धि गर्ने, व्यवस्थापनसँग संवाद र सहकार्यको माध्यमबाट श्रमिकको हकहितको संरक्षण गर्ने संगठनको प्रतिबद्धता दोहोर्याएका थिए।

शुभकामना कार्यक्रममा सहभागीहरूले विजयको खुसीमा औद्योगिक क्षेत्रको परिक्रमा गर्दै उत्सवसमेत मनाएका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.