आज ५३ औँ विश्व वातावरण दिवस मनाइँदै

हेटौँडा । आज जुन ५ अर्थात ५३ औं विश्व वातावरण दिवस मनाइँदैछ । ‘प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ नेपालसहित विश्वका विभिन्न मुलुकमा यो दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो ।

संयुक्त राष्ट्रसंघको महासभाले घोषणा गरेको तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन संसारभर विश्व वातावरण दिवस मनाउने गरिएको छ ।

नेपालले यसै दिन अर्थात जुन ५ लाई विश्व वातावरण दिवसको रुपमा मनाउने गरेको छ । यो वर्षको विश्व वातावरण दिवसको नारा “प्लाष्टिक प्रदुषण न्युनीकरणःहाम्रो दायित्व” भन्ने रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.