सुख्खा पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।

उक्त सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८, भर्याङडाँडास्थित सडक माथिबाट ढुङ्गासहितको सुख्खा पहिरो खसी बाटो पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उक्त घटनाबारे थाहा हुने बित्तिकै इलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरबाट प्रहरी सहायक निरीक्षक धुव्र प्रसाद साहको कमाण्डमा प्रहरी टोली खटि गई पहिरो हटाउनको लागि सडक विभागसँग समन्वय गरिरहेको जनाइएको छ ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, आज बिहान साढे ३ बजेदेखि हेटौँडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौँडा आउने गाडीको आवतजावत रोकिएको हो ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भन्दै प्रहरी नायव उपरीक्षक अर्यालले हेटौँडा–काठमाडौँ यात्रामा यात्रु र गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.