मोबाइल ब्यवसायीको एजेण्डा राष्ट्रकै एजेण्डा होः अर्थमन्त्री काफ्ले

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले मोबाइल ब्यवसायीको एजेण्डा सिंगो राष्ट्रकै एजेण्डा भएको दाबी गरेका छन् । शनिबर नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री काफ्लेले सो कुरा बताएका हुन् ।

उनले भन्सार छलि गरेर आएका मोबाइल र पुराना मोबाइलहरु मर्मत गरेर वितरण गर्ने मोबाइल ब्यवसायीको एजेण्डा राष्ट्रकै एजेण्डा भएको भन्दै उक्त एजेण्डामा बागमती सरकारको पनि समर्थन रहने प्रतिवद्धता गरे ।

‘मोबाईल व्यवसायी भन्सार छलि गरेर आएका मोबाइलल र पुराना मोबाइलहरु मर्मत गरेर वितरण ब्यवसायीहरुको जुन एजेण्डा छ , यो राष्ट्रकै एजेण्डा हो । यहाँहरुको एजेण्डामा बागमती प्रदेश सरकारले पुर्ण समर्थन रहनेछ ,’ अर्थमन्त्री काफ्लेले भने, ‘३१ अर्बभन्दा बढि राजश्व बुझाउने संस्थालाई राज्यले सुनेन भने प्रदेश सरकारले सहकार्य गर्नेछ ।’

उनले राज्यमा धेरै किसिमका समस्याहरु भएको बताउँदै दृढका साथ अगाडि बढ्न आग्रह गरे । अर्थमन्त्री काफ्लेले प्रदेश सरकार बजेटको तयारीमा रहेको बताउँदै मोबाइल ब्यवसायीलाई आवश्यक सहयोग गर्न तयार रहेको समेत बताए ।

कार्यक्रममा मोबाइल ब्यवासायी महासंघका अध्यक्ष भरत भट्राईले मोबाइल ब्यवसायीहरुलाई नितिगत समस्याहरु भएको बताउँदै नितिगत समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका थिए । उनले मोबाइल फोनको दोस्रो विक्री (सेकेण्ड ह्याण्ड) कारोबार, लक भएका र बिग्रिएका मोबाइल फोनहरु मर्मत तथा लक अनलकमा भोगेका समस्या, ब्यवसाय प्रवर्दनका लागि सरकारले लिने नीतिको सुधार र राज्यबाट दिइने सेवासुविधा तथा दक्षतासम्बन्धि तालिमका विषय साधारणसभाका मुद्दा रहेको जानकारी दिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा , कैलाश गाउँपालिकाका अध्यक्ष लोक मोक्तान , मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ , नेपाल हिमालय सिमापार वाणिज्य संघका केन्द्रिय तथा वि।एन मेनुफेक्चर्सका अध्यक्ष विष्णु न्यौपाने , नेपाल मोबाइल वितरक संघका केन्द्रिय अध्यक्ष रधु त्रिपाठी , मोबाइल फोन इम्पोरेटेटर अफ नेपालका अध्यक्ष दिपक मलहोत्रा , मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा सात प्रदेश र ६० जिल्लाबाट गरि एक हजार मोबाइल ब्यवसायी सहभागी छन् । मोबाइल ब्यवसायीहरुले साधारणसभामा कानुनी, प्रशासनिक र व्यवहारिक समस्याबाट भोग्दै आएको असहज अवस्थालाई उठाएका थिए । २०७८ असार २७ गते स्थापना भएको महासंघमा २२ हजार भन्दा बढी व्यवसायीहरु आबद्ध छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.