हेटौंडा । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङ र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले उद्योग ब्यवसायीको पक्षमा कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोमवार हेटौंडास्थित आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनमा भएको आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमाका सम्बन्धमा बागमती प्रदेशका उद्योग वाणिज्य महासंघका पदाधिकारी, १३ जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारी/प्रतिनिधि एवम् उद्योगी, ब्यवसायीका प्रतिनिधिहरुसँग पूर्व बजेट छलफल कार्यक्रममा सहभागी हुँदै उद्योगमन्त्री तामाङ र अर्थमन्त्री काफ्ले प्रदेश सरकारले ल्याउने निती तथा कार्यक्रम उद्योग ब्यवसायीको पक्षमा ल्याउने प्रतिवद्धता गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले ब्यवसायीको पक्षमा प्रदेश सरकारले सम्बोधन गर्न सक्ने काम नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
मन्त्री तामाङले प्रदेश सरकारले सम्बोधन गर्न कार्यक्रमहरु संघीय सरकार समक्ष समन्वय गर्न सहयोग गर्ने बताइन् । ‘सबै अधिकार प्रदेश सरकारको हातमा नहँुदा हामिलाई पनि समस्या भएको छ । तथापी प्रदेश सरकारबाट हुने उद्योग ब्यवसायी र उद्यमीका निम्ति कार्यक्रम हामि समावेश गर्नेछौं ।’, मन्त्री तामाङ्ले भनिन्, ‘हामिले गर्न नसकेका कामहरु संघीय सरकार समक्ष समन्वय गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’
उनले कोशेली घर आवश्यकताका आधारमा नबन्दा समस्या भएको बताउँदै अबको कार्यक्रममा आबश्यकताको आधारमा मात्रै समावेश गरिने बताइन् । साथै बजार, नापतौल र औद्योगिक ग्रामका विषयमा अध्ययन गरी कार्यक्रम आगडि बढाईने बताइन् ।
यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले कानुन भन्दा पहिला बजेट नबन्ने बताउँदै ब्यवहारिक र कानुनी पक्ष हेरी बजेट बन्ने दाबी गरे । उनले उत्पादनसँग जोडिएको खण्डमा बागमती सरकार सहयोग गर्न तयार रहेको बताउँदै ब्यबसायीहरुलाई उत्पादनमा जोड्न आग्रह गरे ।
अर्थमन्त्री काफ्ले अहिले भएको सिमित स्रोत साधनले भरपुर उपयोग गरेर उत्पादनसँग जोड्न आग्रह गर्दै उद्यमीहरुलाई संरक्षण गर्नलाई प्रदेश सरकार लगानी गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा निति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले निती तथा कार्यक्रम बनाउँदा सबै पाटोहरुलाई समेटेर बनाउनु पर्न बताए । उनले उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न निति तथा योजना आयोगले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यसैगरी, उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले प्रदेश सरकारलाई उद्योगी ब्यवसायीको पक्षमा कार्यक्रम ल्याउन आग्रह गरेका छन् । उनले कार्यक्रम र बजेट बनाउँदा पहुँचको आधारमा नभई सबै उद्योगी ब्यवासायीहरुलाई समेट्ने खालका कार्यक्रम ल्याउन माग गरे ।
छलफलका क्रममा सहभागीहरुले प्रदेश सरकारलाई महिला , युवालक्षित कार्यक्रम ल्याउनका साथै उत्दपादलाई जोड दिन बजारीकरणको ब्यबस्था गर्न हरेक महिना उद्यमी प्रदर्शनी कार्यक्रम राख्न समेत सुझाव दिएका थिए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली, अद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्रालयका सचिव विनु बज्रचार्य लगायत बागमती प्रदेशभरीका उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुको सहभागिता थियो ।

















