मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । सोमबार लागूऔषध गाँजा ३० किलोेसहित हेटौंडा–१०, स्थित बसपार्कबाट लालमाया तामाङलाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
चितवनको राप्ती नगरपालिका–८ खुरखुरे बस्ने अन्दाजी ३० वर्षीया तामाङलाई विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, बिहान १० बजेको समयमा हेटौंडा बसपार्कबाट वीरगञ्जतर्फ जान रोकिराखेको बा.प्र. ०३–०१ ज. ९७४ नम्बरको इभी गाडीमा सवार भई आएकी तामाङको साथबाट सो परिणामको गाजा बरामद भएपछि निजलाई बरामद गाँजासहित नियन्त्रणमा लिइएको हो ।
सो परिणामको गाँजा गाडीको छतमाथि राखिएको जेब्रा झोलाभित्र लुकाईछिपाई राखिएको तीन वटा पोकामा राखेको अवस्थामा बरामद भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।















